कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मैनालीको अवस्था स्थिर, थाइको हाड भाँच्चियो

अतुल मिश्र

काठमाडौँ — नेकपा(माले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीको कार दुर्घटनामा थाइको हाड(फेमुर बोन) भाँच्चिनुको साथै हाल स्वास्थ्य स्थिती स्थिर रहेको छ । उनको शरीरको सिटी स्क्यान भइरहेको अस्पतालले जनाएको छ ।

मैनालीको अवस्था स्थिर, थाइको हाड भाँच्चियो

झापाबाट काठमाडौं आउने क्रममा महोत्तरीको बर्दिवासमा गाडी दुर्घटना भएपछि मैनालीलाई दिउँसो ४ बजेर २० मिनेटमा काठमाडौंस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा ल्याइएको हो ।


‘उहाँ(मैनाली)को थाइको हाड भाँच्चिएको छ,छाती, पेट आदि विभिन्‍न ठाउँमा दुखी रहेको गुनासो गर्नु भएको छ’, अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले भने,‘उहाँको अवस्था हाल स्थिर छ ।’


अस्पतालमा मैनालीले राम्ररी बोल चाल गर्नुको साथै व्यक्तिलाई चिन्ने समेत गरेका छन् । चिकित्सकले सिटी स्क्यानको रिपोर्टपछि मेनालीको वास्तविक स्वास्थ्य स्थिति स्पष्ट हुने जनाएका छन् ।


उक्त दुर्घटना मै घाइते भएकी मैनालीका बुहारी पुजा ढुङ्गानाको दुइटै खुट्टाको हाड(टिविया) भाँच्चिएको छ । यस्तै मैनालीको ५ वर्षे नातीको टिविया हाडमा निको हुने फ्राक्चर रहेको पाण्डेले बताए ।


यो पनि पढ्नुहोस्ः

कार दुर्घटनामा माले महासचिव मैनालीसहित ५ जना घाइते [अपडेट]

प्रकाशित : फाल्गुन १५, २०७६ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?