१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

प्रधानमन्त्रीले बाँस्कोटाको बचाउ गर्दै भने, 'अडियो उहाँकै हो भन्‍ने प्रमाण छैन '

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकोमा उक्त 'अडियोमा बाँस्कोटाकै आवाज हो भन्‍ने प्रमाणित नभएको' ओलीले दाबी गरेका हुन् । 

प्रधानमन्त्रीले बाँस्कोटाको बचाउ गर्दै भने, 'अडियो उहाँकै हो भन्‍ने प्रमाण छैन '

बिहीबार नेकपाले काठमाडौंमा आयोजना गरेको वागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले भने, 'अनधिकृत मान्छेले ल्याएको टेप उचालियो । यसमा कुनै प्रमाण छैन ।'


स्वीस कम्पनीका एजेन्ट भनिएका ती व्यक्तिलाई स्वीस दूतावासले एजेन्ट होइन भनेर विज्ञप्तिसमेत निकालेको ओलीले उल्लेख गरेका थिए । नेकपाका अध्यक्षसमेत रहेका ओलीले भने, 'नाम जोडिएकाले उहाँले नैतिकताको आधारमा राजीनामा गर्नुभयो । भ्रष्टाचार गरेको प्रमाणित भएको जस्तो गरी प्रचार भयो ।'


प्रधामन्त्री ओलीले अडियो प्रकरणमा बाँस्कोटाको दोष देखिए कारबाही पनि हुने र सजाय पनि भोग्‍नुपर्ने बताए ।



भ्रष्टाचारका कुनै पनि मुद्दामा आफ्नो विरुद्ध आरोप र मुद्दा नभएको तर पत्रिकाले अनावश्यक रूपमा छापेको ओलीको भनाइ थियो । उनले भने, 'आरोप छैन, मुद्दा छैन, उजुरी छ भन्ने अखबारमा देखेको थिए । मेरो पनि नाम छ रे उजुरी । काम नलाग्ने 'पत्रु' उजुरी हो । सुशासनमा लागेको छ । अख्तियारले मुद्दा चलाएको चलायै छ ।'


प्रधामन्त्री ओलीले नेपालका कम्युनिस्ट पार्टी २०५४ मा विभाजन नभएको भए त्यति नै बेला दुईतिहाइ बहुमत आउने भन्दै कम्युनिस्ट पार्टी बलियो भएकाले माघ १९ को 'शाही कू' विरुद्धको आन्दोलन सफल भएको दाबी गरे ।


सम्बन्धित समाचारः

प्रकाशित : फाल्गुन १५, २०७६ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?