कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेरो राष्ट्रियसभा सदस्यबारे २१ गते नै निश्‍चित हुन्छ : मन्त्री खतिवडा

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले आफू दोस्रो पटक राष्ट्रियसभामा मनोनीत हुने वा नहुनेबारे अहिले बोल्ने बेला नभएको बताएका छन् ।

मेरो राष्ट्रियसभा सदस्यबारे २१ गते नै निश्‍चित हुन्छ : मन्त्री खतिवडा

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियसभा सदस्यको शपथ ग्रहणमा भेट हुने त्यहाँ नभएमा कुराकानी भइरहने बताएका हुन् ।


खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । राष्ट्रपतिबाट मनोनीत उनको ठाउँमा नेकपा सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । तर, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले भने खतिवडालाई नै निरन्ततरता दिने अडान लिएका छन् ।

सोही विषयलाई लिएर सोधिएको प्रश्नमा खतिवडाको जवाफ थियो, 'मेरो बारेमा प्रश्न उठेको छ । राष्ट्रिय सभा सदस्यबारे २१ गते नै निश्चित होला । अहिले बोल्ने बेला भएको छैन ।' 'फागुन २१ गते राष्ट्रियसभाका सदस्यहरूको शपथ ग्रहणको दिन तोकिएको छ । त्यो दिन तपाईंहरूसँग फेरि भेट हुन्छ,' उनले थपे, 'भेट नभएपनि कुराकानी भइरहन्छ । त्यतिबेला नै छलफल गरौंला ।'

अर्को प्रसंगमा खतिवडाले विकास खर्च कम भएको भन्ने कुरा अस्वीकार गरे । गतवर्षभन्दा विकास खर्च बढी भएको उनको दाबी थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको कमिसन प्रकरणमा राजीनामा दिएका निर्वतमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अनुसन्धान राज्यका निकायले गर्ने बताए । उक्त प्रकरणमा बाँस्कोटाले आफ्‍ना धारणा राखिसकेको बताउँदै उनले भने, 'अडियो प्रकरणमा पूर्वमन्त्रीको धारणा आइसकेको छ । सबै अनुसन्धान गरिने भएको छ । अख्तियार, संसदीय समितिले छानबिन गर्ने होलान् । कसैले मुद्दा हालेको भए अदालतलाई नि थाहा होला । ती निकायहरूबकाट नै निरुपण होस् भन्ने सरकारको धारणा हो ।'

सम्बन्धित समाचारः

प्रकाशित : फाल्गुन १५, २०७६ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?