लगातार ३४ घन्टा हिउँ परेपछि सगरमाथा आरोहणमा गएका टासी फर्किँदै

सुरज कुँवर

काठमाडौँ — अफ सिजनमा ‘बिना अक्सिजन ५ दिनमै सगरमाथा आरोहण गरेर नयाँ र्कीतिमान कायम गर्ने उद्देश्यले’ सगरमाथा आराेहणमा गएका नेपाली आरोही टासी लाक्पा शेर्पा लागातारकाे हिमपातपछि बिहीबार क्याम्प टु फर्केका छन् ।

सगरमाथाकाे ७ हजार उचाईमाथि पुगिसकेका उनी ३४ घन्टा लगातार हिमपात भएका कारण क्याम्प थ्रीबाट फर्कनुपरेकाे हाे ।

टासी र उनकाे टाेली आधारशिविरबाट पर्सी फर्कने उनका दाइ मिङ्मा शेर्पाले जानकारी दिए । तेस्राे क्याम्पसम्म पुगेका टासीकाे यस पटककाे आराेहण स्थगित भएकाे र अर्काे हिउँदमा जारी रहने शेर्पाले बताए ।


टासी लाक्पा बिना अक्सिजन सगरमाथा आरोहण गर्दै


पर्यटन विभागले ३४ वर्षीय उनलाई फागुन ११ गते साँझ आरोहण अनुमती प्रदान गरेको थियाे भने उनी भाेलिपल्ट आराेहणका सगरमाथा आधार शिविर पुगेका थिए ।

हिउँदयामको आरोहणमा पहिलो नेपाली, विना अक्सिजन ५ दिनमा सक्नेगरी तीन विधाको रेकर्ड बनाउने लक्ष्य राखेर सगरमाथा आरोहणमा जान लागेको उनले यसबारे गिनिजको टोलीलाई पनि जानकारी गराइसकिएको बताएका थिए ।

प्रकाशित : फाल्गुन १५, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?