कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रवीन्द्र अधिकारीको स्मृतिमा पर्यटन पुरस्कार स्थापना गर्ने घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।

रवीन्द्र अधिकारीको स्मृतिमा पर्यटन पुरस्कार स्थापना गर्ने घोषणा

एक वर्षअघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा गरेका हुन् ।

पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तिलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्नेगरी मन्त्रालयले कार्यविधि बनाउने काम गरिरहेको उनले बताए । मन्त्री भट्टराईले कार्यविधि निर्माण प्रक्रियामा रहेकाले यस वर्षको पुरस्कार अधिकारीको जन्मदिन आगामी वैशाख २२ गते वितरण गरिने र अर्को वर्षबाट भने स्मृति दिवसकै दिन वितरण गरिने जानकारी दिए ।


गत वर्ष फागुन १५ गते आजकै दिन तेह्रथुमको चुहानडााडामा निर्माण हुन लागेको विमानस्थलको अवलोकनपछि काठमाडौं फर्कने क्रममा तत्कालीन मन्त्री अधिकारीसहित सात जना सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको थियो । दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री अधिकारीसँगै नेपाल सरकारका उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो ।

प्रकाशित : फाल्गुन १५, २०७६ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?