कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेवारिसे शिशुले पाइन् ‘अभिभावक’ 

नगेन्द्र अधिकारी

काभ्रे — बेवारिसे भेटिएकी शिशुले ‘अभिभावक’ पाएकी छिन् । फागुन ४ गते पनौती–४ स्थित टौखालमा रहेको इनारको छेउमा भेटिएको शिशुलाई एसओएस बालग्राम श्रीखण्डपुरले न्वारन गरिदिएर ‘तेजस्वी’ नाम राखिदिएको हो । २३ वर्षको उमेरसम्म उनी अब बालग्रामकै संरक्षणमा हुनेछिन् ।

बेवारिसे शिशुले पाइन् ‘अभिभावक’ 

४ गते मर्निङवाक जाने क्रममा स्थानीयले सालनालसहितको शिशु देखिपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उद्धार गरी बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरेको थियो । ११ दिन सम्मको उपचारपछि कुनै स्वास्थ्य समस्या नभएको यकिन गरेपछि बालग्रामको जिम्मा लगाइएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए । ‘स्थानीयले खबर गर्ना साथ उद्धार गरेर उपचार गरायौं,’ निरीक्षक तिमल्सिनाले भने, ‘कसले बेवारिसे बनायो भन्नेबारे छानबिन गर्दैछौं ।’


नयाँ ‘छोरी’ आएको भन्दै बालग्राममा खुशीयाली छाएको छ । बालग्राम भित्र्याइएकी शिशुको निर्देशक सुरेन्द्र अम्गाई ‘कर्ता’ बनेर उनको नाम तेजस्वी राखियो । ‘नवजात शिशु त्यसरी भेटिएको ४ दिनपछि हामीलाई प्रहरीले खबर गर्‍यो संरक्षण गरिदिनको लागि, ११ दिनमा उपचार सकेर बालग्राम ल्याएर उनको न्वारन पनि गर्‍यौ,’ अम्गाईले भने, ‘२३ वर्षको उमेरसम्म उसको सम्पूर्ण जिम्मेवारी हामी लिन्छौं, जन्मदिने आमाबुबा सम्पर्कमा नआए बिहेवारी पनि हामी नै गरिदिन्छौं ।’ तेजस्वीलाई रेखदेख गर्ने जिम्मा बालग्रामकी ‘आमा’ निर्मला आचार्यले पाएकी छन् ।


आमाबुबा गुमाएका र संरक्षण आवश्यक १ सय ३० बालबालिकालाई एसओएसले श्रीखण्डपुरस्थित बालग्राममा आश्रय दिएको छ । १४ वटा घर छन् । १० जनाका दरले ‘छोराछोरी’ ती घरमा बस्छन् । ‘पारिवारिक वातावरण छ, सबै बालबालिकालाई हामी छोराछोरी सम्बोधन गर्छौं, उनीहरु पनि हामीलाई आमा, बुबा भन्छन्,’ उनले भने, ‘एउटा अभिभावकले आफ्ना छोराछोरीको लागि गर्ने सबै कर्तव्य पूरा गर्छौं ।’


बालबालिकाको लालनपालनका लागि प्रत्येक घरमा एकजना आमा र एक जना ‘अन्टी’ हुन्छन् । यसअघि दुई छोरीको बालग्राममा नै जन्ती भित्र्याएर विवाह गरिएको थियो । विवाह गरेका दम्पती दुल्हन फर्काउन बालग्राममा नै आउने गरेका पनि छन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?