छाउ बार्न घरमूली निर्णायक

कान्तिपुर संवाददाता

काठमाडौँ — महिलालाई छाउ बार्न छुट्टै गोठमा राख्नेमा घरमूलीको निर्णायक भूमिका रहेको राष्ट्रसंघको महिला हेर्ने निकाय यूएन वुमनको सर्वेक्षणले देखाएको छ । 

छाउ बार्न घरमूली निर्णायक

सुदूर र कर्णाली प्रदेशका जिल्लामा गरिएको सर्वेक्षणले ६६ प्रतिशत ज्येष्ठ सदस्यले परिवारका महिला वा किशोरीहरूलाई छाउ बार्न लगाउने गरेको देखाएको छ । सर्वेक्षणमा सहभागीले छाउपडीलाई निरन्तरता दिइनुमा धार्मिक विश्वास मुख्य कारणका रूपमा बताएका छन् ।


६ सय ४२ महिला सहभागीमध्ये १० प्रतिशतले छाउगोठको अस्वस्थकर अवस्थाले आफू बिरामी परेको उल्लेख गरेका छन् ।


मानव अधिकार आयोगले छाउपडी प्रथाले महिलाको जीवनमा पारेको प्रभावबारे गरेको अध्ययनमा एक दसकमा छाउगोठ बस्दा करिब १३ महिलाले ज्यान गुमाएको उल्लेख छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?