२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सेनाको १० प्रतिशत जनशक्ति शान्ति मिसनमा खटाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — रक्षा मन्त्रालयले नेपाली सेनासाग रहेको १० प्रतिशत जनशक्तिलाई संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटाउने तयारी गरिरहेको जनाएको छ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले बुधबार मन्त्रालयमा दुई वर्षे कार्यकालको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत सेना खटाउने विषयमा छलफल भइरहेको बताएका हुन । 

सेनाको १० प्रतिशत जनशक्ति शान्ति मिसनमा खटाइने

उनले विदेशी मिसनमा जाँदा नेपाली सेनाले पनि नेतृत्व तहमा जिम्मेवारी पाउने विषयमा समेत राष्ट्रसंघसाग छलफल भइरहेको बताए । संयुक्त राष्ट्रसंघ शान्ति सेनामा नेपालबाट ५ हजार १ सय जना सैनिक अधिकृत र जवानहरुको सहभागिता छ । नेपाली सेनालाई शान्ति मिसनमा पठाउादा नेता तथा मन्त्रीका आफन्तले प्राथमिकता पाउने गरेको उल्लेख गर्दै त्यसको अन्त्य गर्नका लागि ‘शान्ति सेना छनौट कार्यविधि’ तयार गरिएको मन्त्री पोखरेलले बताए ।


सेनाले ऐतिहासिक किल्ला, स्तम्भहरुको रक्षा गर्ने कामको सुरुवातसमेत गरेको भन्दै पोखरेलले बताए । दुई वर्षको अवधिमा रक्षा मन्त्रालयले नीतिगत तथा कानुनी सुधारतर्फ उल्लेख्य कामहरु गरेको उनले बताए । राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरी राष्ट्रिय सुरक्षा नीति २०७५ पारित भएको, राष्ट्रिय सुरक्षा विधेयकलाई अगाडी बढाइएको, सैनिक ऐन २०६३ मा रहेका नमिल्दा कुराहरुलाई संशोधनलगायतका नीतिगत सुधारका कामहरु भएको पोखरेलको भनाइ छ ।


सुरक्षा सम्बन्धी उच्च अध्ययन अनुसन्धान प्रतिष्ठानको रुपमा ‘नेशनल डिफेन्स युनिर्भसिटी’ स्थापना गर्ने प्रकृया अगाडी बढाउँदै त्यसका लागि संस्थागत संरचना निर्माणको कम सुरु भइसकेको र पूर्वाधार विकासको काम अगाडि बढाउन लागिएको जानकारी मन्त्री पोखरेलले दएि ।


राष्ट्रिय गौरव तथा राष्ट्रिय महत्वका विभिन्न सडक आयोजनाहरु निर्माणका कामहरु गरेको तथा विकास निर्माणका लागि विस्फोटक पदार्थ उत्पादन गर्ने कामलाई मकवानपुरको सुनचुरीमा पुनः सुरु गरिएको पोखरेलले बताए ।

प्रकाशित : फाल्गुन १४, २०७६ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?