कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिको स्वागतमा बैतडीका २ नगरपालिकामा बिहीबार सार्वजनिक बिदा 

तृप्ति शाही

बैतडी — राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि बैतडीका दुई नगरपालिकाले बिहीबर सार्वजनिक विदा दिएका छन् । जिल्लाका दशरथचन्द र पाटन नगरपालिकाले सार्वजनीक बिदा दिने निर्णय गरेका हुन् । 

राष्ट्रपतिको स्वागतमा बैतडीका २ नगरपालिकामा बिहीबार सार्वजनिक बिदा 

राष्ट्रपति भण्डारीले विहीबार दिउँसो २ बजे दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ ।


भण्डारीलाई दशरथचन्द नगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । नगरपालिकाले सार्वजनिक अभिनन्दन गर्ने भएपछि मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिए ।


उनले भने, ‘राष्ट्रको प्रमुख आउने भएकोले सार्वजनिक बिदा दिने निर्णय नगरपालिकाले गरेको हो । राष्ट्रप्रमुखलाई विद्यार्थीहरुले पनि देख्न पाउने भए । आफै विद्यालय छोडेर आउन गाह्रो थियो । बिदा दिएपछि सबै आउँछन् ।’



त्रिपुरासुन्दरी मन्त्रीरमा पूजाआजा पछि भण्डारी पाटन नगरपालिका जाने कार्यक्रम छ । दिउँसो ३ बजे पाटनमा भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरिनेछ ।

सम्बन्धीत समाचार :

राष्ट्रपतिको स्वागतमा पाटन नगरपालिकाले दियो सार्वजनिक बिदा

राष्ट्रपति भण्डारी ४ दिने सुदूरपश्‍चिम भ्रमणमा




प्रकाशित : फाल्गुन १४, २०७६ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?