कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गैंडा गणना चैत १ देखि

चितवन निकुञ्जबाट सुरु गरिने गणना २० देखि २५ दिनमा सकिनेछ । वैशाख १ गते नयाँ आँकडा सार्वजनिक गरिनेछ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चैत १ गतेदेखि एकसिंगे गैंडा गणना गर्ने भएको छ । पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा ५ वर्षपछि एकसिंगे गैंडा गणना गर्न लागिएको हो । २०७१ को गणनाअनुसार यी चार निकुञ्जमा ६ सय ४५ गैंडा थिए ।

गैंडा गणना चैत १ देखि

वन मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको सम्पूर्ण तयारी पूरा गरेको छ ।


विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनामा खटिने जनशक्तिलाई २८ देखि ३० फागुनसम्म सौराहामा तालिम दिइनेछ । उनीहरूले चैत १ मा चितवन निकुञ्जको कुनै एक ब्लकबाट गणना सुरु गर्नेछन् ।


गणनामा विभागका प्राविधिकसहित वन्यजन्तु अनुसन्धानमा अग्रणी प्रकृति संरक्षण कोष, जेडएसएल र डब्लूडब्लूएफ नेपालका प्राविधिकसमेत खटिनेछन् । चितवन निकुञ्जबाट सुरु हुने गणना करिब २० देखि २५ दिनभित्र चारवटै निकुञ्जमा सकिने विभागले जनाएको छ ।


चितवन र पर्सा निकुञ्जमा गणनाका लागि ३० वटा हात्ती र ५५ जना जनशक्ति प्रयोग गरिनेछ । हात्तीमा बसेर ‘स्विप अपरेसन’ गर्दै गैंडा गणना गरिनेछ । गैंडा पहिचानका लागि बाइनाकुलर प्रयोग गरिनेछ ।


सरकारले गैंडा गणनाका लागि पहिलोपटक यस वर्षको बजेटमा १ करोड १० लाख ३५ हजार रुपैयाँ छुट्याएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?