कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडपान्डाको छालासहित ४ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरीय अपराध महाशाखाले काठमाडौंबाट दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले सोमबार दिउँसो बुढानिलकण्ठ नगरपालिका १२ कपन खरिबोटबाट सिन्धुली तिनपाटन गाउँपालिका- ४ बालाजोरका ३९ वर्षीय सूर्यबहादुर भुजेल, धादिङ धुनिबेसी नगरपालिका ७ झाप्रेका ४० वर्षीय सुकबहादुर लामा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ कपनकी ४० वर्षीया कमला तामाङ र कास्की मादी गाउँपालिका ८ तारकाङका ३७ वर्षीय युवराज सापकोटालाई पक्राउ गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।


गोप्य सूचनाको आधारमा शरीर खानतलासी गर्दा भुजेलले बोकेकोझोलाभित्र निलो प्लास्टिकमा बेरिएको अवस्थामा दुर्लभ वन्यजन्तु रेडपान्डाको छाला फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ।


उनीहरुलाई कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उनले बताए। प्रकाशित : फाल्गुन १३, २०७६ १२:५०

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कर्णालीमा जिप खस्दा चालकको मृत्यु

तुलाराम पाण्डे

कालिकोट — कर्णाली करिडोरअन्तर्गत कालिकोटको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाकाे सीमा जितेमा लु १ ज ४१४१ नम्बरको जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

दैलेख गुराँस गाउँपालिका ४ का १९ वर्षीय जिप चालक चक्रबहादुर खड्काको मृत्यु भएको हो।

रासकोट नगरपालिकाबाट जितेका लागि आएको जिप यात्रु झारेर फर्काउने क्रममा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए। उनका अनुसार जिप मंगलबार बिहान १० बजेतिर दुर्घटना भएको हो।

प्रहरीले जिप नदीबाट निकाल्ने तयारी गरिरहेको छ।

प्रकाशित : फाल्गुन १३, २०७६ १२:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×