कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरेललाई ‘कर्मयोगी बद्री पहाडी’ पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई प्रदान गरिने भएको छ । मानव अधिकार तथा शान्ति समाजले स्थापना गरेको १ लाख १० हजार रुपैयाँ राशिको पुरस्कार यस वर्ष पोखरेललाई दिने निर्णय गरिएको समाजका सभापति उत्तम पुडासैनीले जानकारी दिए । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पोखरेलले निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि पुरस्कृत गर्ने निर्णय गरिएको पुडासैनीले बताए।


पुरस्कार आगामी चैत १ काठमाडौंमा कार्यक्रम आयोजन गरी प्रदान गरिनेछ। २०१० साल जेठ २ गते खोटाङको ऐसेलुखर्कमा जन्मिएका पोखरेलले पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।


तीन दशक सरकारी सेवामा विताएका पोखरेलले सन् २०१५ मा म्यानमारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सह-अध्यक्षको भूमिका निभाएका थिए। प्रकाशित : फाल्गुन १३, २०७६ ११:५८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

रासस

काठमाडौँ — बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ । 

काठमाडौं महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरु गरेको अभियानमा हालसम्म ७४९ को उद्धार गरिएको र तीमध्ये ५८८ जनालाई परिवारसँग पुनःमिलन गराइएको जानकारी गराएको छ। मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हालसम्मको अवधिमा ७४९ व्यक्तिलाई उद्धार गरिएको बताए। यीमध्ये ६९६ लाई काठमाडौँ महानगरपालिका क्षेत्रभित्रबाट र ५३ लाई अन्य नगरबाट उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ७३ जनाको स्थायी ठेगाना कामपा हो। पैँतालीस जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

काठमाडौँमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई थप व्यवस्थित गर्न सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानवअधिकारका पक्षमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिसँग बसेर आगामी कार्यक्रम अघि बढाइने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए।

सडकलाई बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त बनाउन गठित मूल समारोह समितिको संयोजक एवं महानगर प्रमुख शाक्यले बेसहारा एवं समस्यामा परेका बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि काम गर्ने मन्त्रालय र मानवअधिकारका सवालमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिले देखेको समाधानको बाटो बुझेर अभियानलाई अघि बढाउनुपर्ने बताए। यसका लागि गाँस, बास र कपासका लागि खर्च दिन महानगर तयार रहेको भन्दै उहाँले बस्ने घर हुँदाहुँदै, बस्ने घर र खाने व्यवस्थाको जोहो गर्न सक्ने क्षमता हुँदाहुँदै सडकमा आएर समस्या सिर्जना नगर्न पनि प्रमुख शाक्यले सम्बन्ध भएका सबैसँग आग्रह गरे।

उद्धार गरिएका व्यक्तिको अवस्था हेरेर स्क्रिनिङ सेन्टरमा कम्तीमा पाँच दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ। यसरी सडकबाट उठाइएका व्यक्तिमा १६ वर्षमाथि ४० वर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन्। तीमध्ये पनि रक्सी र लागुऔषधको प्रयोगकर्ता धेरै छन्। बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीको कार्यक्षेत्रसँग सम्बन्धित काममा आफूले सहयोग पुर्‍याउन सक्ने धारणा राखे।

प्रकाशित : फाल्गुन १३, २०७६ ११:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×