१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अन्तःशुल्क स्टिकर खरिद गर्न बाटो खुल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले अन्तःशुल्कका स्टिकर खरिदका लागि सरकारलाई बाटो खोलिदिएको छ । एउटा प्रिन्टिङ कम्पनीले आफू पनि प्रतिस्पर्धामा सहभागी हुन पाउनुपर्ने भनी गरेको दाबीलाई सर्वोच्चले खारेज गरिदिएपछि सरकारले पहिलेकै प्रक्रिया अघि बढाउन पाउने भएको हो ।

अन्तःशुल्क स्टिकर खरिद गर्न बाटो खुल्यो

न्यायाधीशद्वय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले मिराज प्रिन्टिङ सोलुसन्सले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाँऊ भनी गरेको मागदाबीमा आदेश जारी गर्न अस्वीकार गरेको छ ।


उक्त कम्पनीका सञ्चालक मनोहरराज घिमिरेले आफू पनि प्रतिस्पर्धामा सहभागी हुन पाउनुपर्नेमा सर्त तोकिएका कारण वञ्चित भएको दाबीसहित रिट दायर गरेका थिए ।


सर्वोच्चले आगामी दिनमा सबै सहभागी हुन सक्ने गरी प्रतिस्पर्धाको वातावरण बनाउन निर्देशनात्मक आदेश जारी गरेको छ ।

प्रकाशित : फाल्गुन १२, २०७६ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?