१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल इलिमेन्टहरु’ छन् : प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

पाेखरा — प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भ्रम छर्न र सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल इलिमेन्टहरु’ लागि परेको बताएका छन् । गण्डकी प्रदेशमा नेकपाको प्रदेशस्तरिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल इलिमेन्टहरु’ छन् : प्रधानमन्त्री ओली


‘संसदमा हामी छलफलका लागि विधेयक प्रस्तुत गर्छौं । छलफल गर्न संसदमा त छन् नि विरोधीहरु, विपक्षीहरुले त्यहाँ छलफल गरे हुन्छ नि ।’, उनले भने । संसदमा पनि पर्याप्त कुरा नै नभएजस्तो गरी जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन ‘रियाक्सनल इलिमेन्टहरु’ थुप्रै रहेको बताए । उनले भने, ‘जनतामा भ्रम छर्न, सरकारलाई आलोकप्रिय बनाउन र यस्ता कुराहरुलाई साथ दिने, सहयोग गर्ने रियाक्सनल इलिमेन्टेस् थुप्रै छन्, जसले यस्ता कुराहरुलाई मद्दत गरेका छन्, बोकेका छन्, उठाएका छन्, र सहयोग गरेका छन्, कराएका छन, हिँडेका छन् ।’




देशलाई आवश्यक पर्ने र जनताले पत्याउने सहि नीतिहरु नभइ विगतमा बलिदानपूर्ण संघर्ष गरेका थियाैं भनेर मात्रै जनसमर्थन प्राप्त नहुने प्रधानमन्त्री ओलीले बताए । उनले सरकारले गरेका कामहरु देखेर विरोधीहरु आत्तिएकोसमेत बताए।


सरकारले दुरगामी महत्वका साथ असाधारण कामहरु गर्न थालेको उल्लेख गर्दै ओलीले तत्कालीन अवस्थामा पनि समाजलाई आवश्यक रहेको नीति, कार्यक्रम तथा योजनाहरु अगाडि बढाइएको बताए । उनले पार्टी र देशको निर्माण भबितव्यले नबन्नेसमेत बताए। निर्वाचनमा भवितव्यले जनताको अभिमत प्राप्त नगरेको ओलीको भनाइ छ ।


प्रकाशित : फाल्गुन १२, २०७६ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?