राज्यमन्त्रीबाट राजीनामा दिएकी डिम्पल झा मन्त्रालय फर्किन्

सन्तोष सिंह

धनुषा — प्रदेश २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा गरेकी डिम्पल झा मन्त्रालय फर्केकी छन् । एक महिनापछि मन्त्रालय फर्केकी राज्यमन्त्री झा राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसँग छलफल गरी कार्यकक्षमा पुगेकी थिइन्।

राज्यमन्त्रीबाट राजीनामा दिएकी डिम्पल झा मन्त्रालय फर्किन्

राज्यमन्त्री झा मन्त्री सोनलको कार्यकक्षमा बसेर मन्त्रालयको भावि रणनीति र कार्यदिशा बारे छलफल गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । पार्टीले राजीनामा स्वीकृत नगरेपछि मन्त्रालयको कामकाजमा फिर्ता भएको राज्यमन्त्री झाले बताइन् ।

'राजपा अध्यक्ष मण्डलको निर्णय अनुसार एक महिनापछि जिम्मेवारी सम्हालेको छु,' उनले भनिन्, ‘पार्टीको निर्णय पालना गर्न फर्केकी हुँ । मन्त्री पद पार्टीको निर्णय भन्दामाथि होइन । पार्टीको निर्देशन मानेर मन्त्रालय फर्केको छु ।’

माघ १४ गते भौतिक पूर्वाधार विकासमन्त्री सोनललाई बुझाएको राजीनामा राज्यमन्त्री झाले प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकूल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा दिएको उल्लेख गरेकी थिइन् ।

राजीनामा बुझाएपछि राजपाको केन्द्रीय नेतृत्वबाट राजीनामा फिर्ता लिन झालाई दबाब दिइएको थियो । राज्यमन्त्री झा राजपा अध्यक्ष मण्डल सदस्य अनिल झाकी श्रीमती हुन् ।

मन्त्रालयको सडक योजनामा मन्त्रीसँग बाँडफाँडमा कुरा नमिलेपछि राज्यमन्त्री झाले दलका नेता सोनललाई राजीनामा बुझाएकी थिइन् ।

यो पनि पढ्नुहोस्ः

प्रदेश २ की राज्यमन्त्री झाले दिइन् राजीनामा

प्रकाशित : फाल्गुन १२, २०७६ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?