१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सरकारले आफूले पाएको जनमतलाई आफूखुसी प्रयोग गर्न खोज्यो : नेता पौडेल

मधुसुधन भट्टराई

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले आफूले पाएको जनमतलाई आफूखुसी प्रयोग गर्न खोजेको आरोप लगाएका छन् । सोमबार पत्रकारहरुसँगको कुराकानीमा पौडेलले वर्तमान सरकारले बहुमतको आडमा मनलाग्दी गर्न थालेको आरोप लगाए ।

सरकारले आफूले पाएको जनमतलाई आफूखुसी प्रयोग गर्न खोज्यो : नेता पौडेल

मुलुकलाई कम्युनिष्टीकरण,भ्रष्टीकरण र संविधान तोडमरोड गर्न वर्तमान सरकार व्यस्त रहेको वरिष्ठ नेता पौडेलको भनाइ छ ।


नेता पौडेलले संविधान बंग्याउने कानुन बनाएर सरकार एक तन्त्रीय शासनको अभ्यास गर्न खोजेको बताए । उनले भने, 'वर्तमान सरकार मुलुकलाई कम्युनिष्ट मुलुक बनाउने प्रयास गर्दै छ । त्यसका विरुद्ध कांग्रेस आन्दोलनमा जान्छ ।'

अनौपचारिक रुपमा उनले वर्तमान सरकार राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजिरहेको बताए । प्रहरी प्रतिष्ठानलाई अन्यत्र सारेर राष्ट्रपतिको कार्यालय फराकिलो बनाउने कार्य कार्यकारीको अभ्यासका लागि भएको नेता पौडेलको भनाइ थियो । मुलुकमा राष्ट्रपति शासन लागू गर्ने पूर्व तयारी अनुरुप प्रहरी प्रतिष्ठानलाई अन्यत्र सारेर राष्ट्रपति कार्यालय फराकिलो बनाउन खोजिएको बताए ।


यस्तै, उनले निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा अन्यको पनि मिलोमतो रहेको बताए । उनले भने,' अडियो प्रकरणमा बाँस्कोटा एक्लै दोषी हुनै सक्दैनन् यसमा उनीभन्दा अन्य ठूला मानिसहरुको पनि मिलोमतो छ ।' घूस माग प्रकरण व्यक्तिगत नभएर संस्थागत भएको नेता पौडेलले दाबी गरे ।


यस्तै उनले भ्रष्टचार मुद्दा लागेका आफ्ना नेताहरुको पछाडि कांग्रेस पछि नलाग्ने प्रष्ट पारे । 'कांग्रेस व्यक्तिकापछि लाग्दैन जनताको पछि लाग्छ,' पौडेलले भने, 'कांग्रेसले व्यक्तिका विषयमा हैन जनताको विषयमा आवाज उठाउँछ ।'

प्रकाशित : फाल्गुन १२, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?