सरोकारवालाहरुका माग सम्बोधन गरी विधेयक अगाडि बढाउन आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी अगाडि बढाउन सभामुख अग्‍नीप्रसाद सापकोटालाई आग्रह गरेको छ ।


सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि लगायतका विधेयकहरुलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्ने गरी अगाडि बढ्न आग्रह गरेको हो। कानुन निर्माण प्रकृयालाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशामा अगाडि बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासविच रमेश विष्टले बताए।


महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले धेरैभन्दा धेरै नागरिकहरुको सहभागितामा रचनात्मक र सिर्जनात्मक ढंगले कानुन निर्माण प्रक्रिया स्थापना गर्नुपर्ने बताए। पछिल्लो समय आएका केही विधेयकका प्रवाधानहरुमा आफ्नो गम्भीर विमती रहेको उल्लेख गर्दै पोख्रेलले मिडियालाई स्वतन्त्र रुपमा अभ्यास गर्न सक्ने परिस्थितीको निर्माण गर्न माग गरे।


ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तरक्रियाबाट अगाडि बढ्ने प्रयत्‍न आफूले गर्ने बताएका छन्। परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियन कानुन बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उनले बताए।


प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका प्राणवायु भएको उल्लेख गर्दै महासंघले केही विधेयकहरुमा स्वतन्त्रता सम्बन्धी बन्देज लगाउने प्रावधानहरु रहेकोले ती प्रावधानहरुलाई सच्याउन ध्यानाकर्षण गराएको हो। महासंघले सभामुखको सफल कार्यकालको बधाई तथा शुभकामना दिएको छ। प्रकाशित : फाल्गुन १२, २०७६ १६:१३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कार्यक्रममै नपुगी फर्किए उपप्रधानमन्त्री पोखरेल

८ घण्टादेखि अवरुद्ध बीपी राजमार्ग सुचारु
राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अवरुद्ध भएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममै नपुगी काठमाडौं फर्किएका छन् । 

सिन्धुलीको गोलान्जोर गाउँपालिका–७ को तल्लोबारा पलाँसेमा सोमबार बिहान वृद्धलाई ठक्कर दिएर भाग्ने गाडी र चालक नियन्त्रण लिन माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका थिए ।

राजमार्ग अवरुद्ध भएपछि कमलामाई नगरपालिकाको भिमानमा आयोजित ऋषिराज देवकोटाको स्मृतिसभामा सम्बोधनका लागि आएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल राजमार्ग अवरुद्ध भएको थाहा पाएपछि कार्यक्रममै नपुगी सुनकोशी गाउँपालिकाको रामटारबाटै फर्किएका हुन् ।

गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमका अनुसार मृतकका छोरा आएपछि थप छलफल गर्ने भन्दै ८ घण्टादेखि अवरुद्ध राजमार्ग खुलाइएको छ । ठक्कर दिने गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७६ १५:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×