कार्यक्रममै नपुगी फर्किए उपप्रधानमन्त्री पोखरेल

८ घण्टादेखि अवरुद्ध बीपी राजमार्ग सुचारु
राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अवरुद्ध भएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममै नपुगी काठमाडौं फर्किएका छन् । 

कार्यक्रममै नपुगी फर्किए उपप्रधानमन्त्री पोखरेल

सिन्धुलीको गोलान्जोर गाउँपालिका–७ को तल्लोबारा पलाँसेमा सोमबार बिहान वृद्धलाई ठक्कर दिएर भाग्ने गाडी र चालक नियन्त्रण लिन माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका थिए ।


राजमार्ग अवरुद्ध भएपछि कमलामाई नगरपालिकाको भिमानमा आयोजित ऋषिराज देवकोटाको स्मृतिसभामा सम्बोधनका लागि आएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल राजमार्ग अवरुद्ध भएको थाहा पाएपछि कार्यक्रममै नपुगी सुनकोशी गाउँपालिकाको रामटारबाटै फर्किएका हुन् ।


गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमका अनुसार मृतकका छोरा आएपछि थप छलफल गर्ने भन्दै ८ घण्टादेखि अवरुद्ध राजमार्ग खुलाइएको छ । ठक्कर दिने गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७६ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?