कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नीतिगत निर्णयको नाममा सरकारले मनपरी गर्‍यो : सभापति देउवा 

माधव ढुंगाना

भैरवाहा — कांग्रेस सभापति शेरबहादुर देउवाले नीतिगत निर्णयको नाममा सरकारले मनपरी ढंगले काम गर्न थालेको आरोप लगाएका छन् । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ११ दिनको पुण्‍यतिथिमा लुम्बिनीमा आयोजित शोक सभामा बोल्दै सभापति देउवाले सरकारले नीतिगत निर्णयको नाममा मनपरी ढंगले काम गरिरहेको आरोप लगाए ।

नीतिगत निर्णयको नाममा सरकारले मनपरी गर्‍यो : सभापति देउवा 

सभापति देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएकाले यसमा संलग्‍न कसैलाई छाड्‍न नहुने बताए । उनले यो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताए । अडियो टेप प्रकरणमा नेपाली कांग्रेसले पनि खोजी गर्ने देउवाको भनाइ छ ।


यस्तै उनले पार्टीलाई मजबुत बनाउने समय आएको र पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने आफ्‍नो पनि दायित्व भएको बताए ।

प्रकाशित : फाल्गुन १२, २०७६ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?