१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

संविधान संशोधन गर्न नेकपाले बनाएको कार्यदलमा बस्‍न नेम्वाङ र देवकोटाद्वारा अस्वीकार

बिनु सुवेदी

काठमाडौँ — संविधान संशोधनका लागि नेकपाद्वारा गठित कार्यदलमा बस्न स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाले अस्वीकार गरेका छन् । सोमबार बिहान सचिवालय सदस्य माधवकुमार नेपालले नेम्वाङ र देवकोटालाई छलफलका लागि बोलाएका थिए । उक्त भेटमा दुवैले कार्यदलमा बस्न असहमति जनाएका हुन् । 

संविधान संशोधन गर्न नेकपाले बनाएको कार्यदलमा बस्‍न नेम्वाङ र देवकोटाद्वारा अस्वीकार

'संविधान संशोधन जस्तो कुरा जनतालाई थाहा दिएर गर्नुपर्ने कुरा हो । यो गोप्य राख्‍ने कुरै होइन । जनतालाई लुकाएर सूचना बाहिरियो भन्नु गलत हो । संविधान संशोधन जस्तो गम्भीर विषयमा अपारदर्शी हुन मिल्दैन । त्यसमा मेरो सहमति छैन,' पत्रकारहरुसँगकाे कुराकानीमा नेम्वाङले भने ।



यस्तै नेता देवकोटाले देशको शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भनेर सचिवालय सदस्य नेपालको निवासमा गएको बताए । 'शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भन्ने मनाशयले गएको थिएँ । राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने विषय भएपछि मैले समर्थन जनाउन सकिनँ,' उनले भने ।

लहडका आधारमा भन्दा आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनुपर्ने देवकोटाले बताए ।आफूहरुको तर्कमा सचिवालय सदस्य नेपाल समेत सकारात्मक भएको नेम्वाङको दाबी थियो ।

प्रकाशित : फाल्गुन १२, २०७६ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?