कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कर्तव्य ज्यान मुद्दामा फरार दुईजना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुईजनालाई पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार दुईजना पक्राउ

ब्युरोको टोलीले सिन्धुलीको गोलञ्जोर गाउंपालिका–७ का ७३ वर्षीय यज्ञप्रसाद चौलागाई र ३४ वर्षीय सम्झना भन्ने टिका कुमारी चौलागाईलाई आइतबार काठमाडौंको गोठाटारबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।

उनीहरुविरुद्ध २०७३ कात्तिक ३० गते साविक भिमेश्वर गाविस ९ बस्ने तुलसाकुमारी पहाडीलाई कुटपिट गरी हत्या गरेको आरोपमा परेको मुद्दामा पुनरावेदन अदालत पाटनले गत जेठ १० गते २० वर्ष कैद हुने फैसला सुनाएको थियो ।

ब्युरोले उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पेश गरिएको प्रवक्ता पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन १२, २०७६ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?