१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बीपी राजमार्ग अवरुद्ध हुँदा उपप्रधानमन्त्री पोखरेल पनि बाटोमै रोकिए

राजकुमार कार्की

सिन्धुली — वृद्धलाई ठक्कर दिएर भाग्ने गाडी र चालकलाई पक्राउ गर्न माग गर्दै सिन्धुलीमा बीपी राजमार्ग अवरुद्ध गरिएको छ । सडक अवरुद्ध हुँदा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल बाटाेमा रोकिएका छन् ।

बीपी राजमार्ग अवरुद्ध हुँदा उपप्रधानमन्त्री पोखरेल पनि बाटोमै रोकिए

कमलामाई नगरपालिकाको भिमादमा आजाद स्मृतिको कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल सिन्धुली जाँदै थिए । उनी अहिले सुनकोशी गाउँपालिका मूलकोटमा रोकिएका छन् । उनी एक घण्टा बढी समयबाट त्यहाँ रोकिएका हुन् ।

सिन्धुलीको गोलचक्कर गाउँपालिका ७ तल्लो बारा पलासेमा सोमबार बिहान गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडी र चालकको पहिचान हुन सकेको छैन् ।

इलाका प्रहरी खुर्कोटकी प्रहरी निरीक्षक शान्ता वाइबाले ठक्कर दिने गाडीको खोजी कार्य जारी रहेको जानकारी दिइन् । सडक अवरुद्ध हुँदा सयौं सवारी साधान र यात्री बीचबाटोमै अलपत्र परेका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७६ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?