कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ग्याल्बो ल्होसार मनाइँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — हिमाली भेगमा बसोवास गर्ने शेर्पा समुदायले देशका विभिन्‍न स्थानमा सोमबार ग्याल्बो ल्होसार (नयाँ वर्ष) मनाउँदै छन् । शेर्पा समुदायले यस वर्ष २१४७औं ग्याल्बो ल्होसार मनाउँदैछन् ।

ग्याल्बो ल्होसार मनाइँदै

ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन समेत छ । शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन् । शेर्पा समुदायले बुद्ध धर्ममा विश्वास राख्ने हुनाले पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामा ल्होसारभनिन्छ ।

दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसारभनिन्छ ।

तेस्रो दिन उनीहरू बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गर्छन् जसलाई धर्मपाल ल्होसारभनिन्छ ।

राष्ट्रपतिद्वारा शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्बो ल्होसारले सबै नेपालीबीच सहिष्णुता, समझदारी र भाइचाराको भावना अभिवृद्धि गर्न ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै पर्वको अवसरमा शुभकामना दिएकी छिन् ।

यसैगरी उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरुले समेत ल्होसारको शुभकामना दिएका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?