कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जावलाखेल वागमती गोल्डकप च्याम्पियन

सुवास विडारी

मकवानपुर — जावलाखेल युथ क्लब तेस्रो संस्करणको वागमती गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उपाधि जित्न सफल भएको छ ।

जावलाखेल वागमती गोल्डकप च्याम्पियन

मकवानपुरको वागमती गाउँपालिकास्थित जनता माविको खेल मैदानमा भएको फाइनलमा ए डिभिजन टोली हिमालयन शेर्पालाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेल च्याम्पियन भएको हो ।

जावलाखेललाई सिजनको पहिलो उपाधि दिलाउने क्रममा एकमात्र निर्णायक गोल खेलको ४९ औं मिनेटमा विदेशी खेलाडी ड्यानी जुनियरले गरेका थिए । उनले हिमालयन शेर्पाका गोलरक्षक छिरिङ लामाले गरेको गल्तीको फाइदा उठाउँदै सजिलै गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दुवै टोलीले गोलका लागि केही राम्रा मौकाहरु सिर्जना गरेका थिए ।

उपाधिसहित जावलाखेलले नगद ६ लाख रुपैयाँ प्राप्त गरे । उपविजेता शेर्पाले नगद तीन लाख रुपैयाँ पायो ।

हेटौंडाबाट करिब ५० किलोमिटर पूर्वमा पर्ने फापरबारीमा फागुन ३ गतेबाट सुरु भएको प्रतियोगितामा ए डिभिजन टोली पाँचवटा र मोफसलका पाँचवटा टोलीको सहभागिता रहेको थियो । वागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रकाशित : फाल्गुन ११, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?