कांग्रेसको 'छाया सरकार' ले मिनि संसद्‍मा पनि सभापति छान्‍ने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले बनाएको 'छाया सरकार' ले सरकारमा भएका भ्रष्टाचारको विषयलाई प्रभावकारी ढंगले उठाउने भएको छ ।आइतबार सिंहदरबारमा पहिलो पटक बसेको छाया सरकारको बैठकले विभिन्‍न मन्त्रालयमा भ्रष्टाचार व्याप्त रहेको भन्दै सदन, सडकबाट प्रभावकारी ढंगले अगाडि लैजाने निष्कर्ष निकालेको हो ।

कांग्रेसको 'छाया सरकार' ले मिनि संसद्‍मा पनि सभापति छान्‍ने

बैठकपछि छाया श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सांसद डिला संग्रौलाले भनिन्- 'गोकुल बाँस्कोटाको ७० करोडको टेप प्रकरणले हरेक मन्त्रालयमा भ्रष्टाचारको जालो देखाएको छ । सरकारबाट जनताका काम भएनन्, सुशासन भएन । हाम्रो भूमिका झन् सक्रिय हुनुपर्‍यो भन्ने छलफल भयो ।'


उनका अनुसार छाया सरकारका संयोजक एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासहितका नेताहरुको उपस्थितिमा बसेको बैठकले मन्त्रालय-मन्त्रालय जाने, क्रियाशीलता बढाउने, अनुगमन गर्ने र मन्त्रीसँग बैठक र रिपोर्टिङ लिने र अनियमितता उजारीकरण गर्ने निर्णय गरेको छ ।

कांग्रेसले सदनमा प्रभावकारी ढंगले उपस्थिति देखाउन शून्य र विशेष समयमा प्राय: सबै सदस्य बोल्ने, मिनि संसदमा छाया सभापति बनाउने र छाया सरकारको महिनैपिच्छे बैठक गर्ने निर्णय गरेको संग्रौलाले जानकारी दिइन् । उनका अनुसार बैठकमा छाया मन्त्री र सांसदहरुले सुझाव र परामर्शका लागि विज्ञहरुको माग गरेका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?