२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

समयमा भुक्तानी नगर्ने बीमा कम्पनीलाई कारबाही : अर्थमन्त्री खतिवडा

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले भुक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताएका छन् । राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दाबी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको उल्लेख गरे । 

समयमा भुक्तानी नगर्ने बीमा कम्पनीलाई कारबाही : अर्थमन्त्री खतिवडा

उनले अबदेखि समयमा भुक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारबारही गर्ने चेतावनी दिए । ‘आफूले गरेको बीमाको रकम तिर्नुभएन भने कारबाही गर्ने हो । यस्तो पनि हुन्छ हामीकहाँ, बीमा गर्‍यो समयमा भुक्तानी पाउन गाह्रो, दसथरी प्रमाण जुटाउन पर्‍यो', उनले भने, 'रियलटाइम, तत्कालै सुविधा दिन सक्ने क्षतिपूर्ति दिन सक्ने बिमितको रकम फिर्ता दिन सक्ने यो व्यवस्थामा गइएन भने जतिसुकै संस्था विस्तार गरेपनि बीमाको विस्तार हुँदैन । हामीले छिट्टो तरिकाले पाउने भुक्तानी दिने विधिमा जानुपर्छ ।’


उनले बीमा कम्पनीहरुले ठूल्ठूला ग्राहक खोज्ने, ठूल्ठूला कारोबार मात्रै हेर्ने प्रवृति अन्त्य गर्न आग्रह गरे । सरकारले विपन्न वर्गका नागरिकलाई स्वास्थ्य बीमामा पहुँच पुर्‍याउन १ लाखसम्मको बीमाको प्रिमियम नि:शुल्क गरेको र गत वर्ष २ अर्ब रकम खर्च गरेकाले बीमा कम्पनीहरुलाई पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे । अर्थमन्त्री खतिवडाले अलि धेरै कमाउनेबाट कर बढी उठाएर भए पनि गरिबीको रेखामुनी रहेका नागरिकको बीमा गरिने बताए ।


कार्यक्रममा बीमा समिति अध्यक्ष चिरञ्‍जीवी चापागाईंले बीमा कम्पनीहरुले सबै क्षेत्रको जोखिम बोक्ने भएकाले बीमा क्षेत्रमा संस्थागत सुशासन र जोखिम व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने बताए ।

प्रकाशित : फाल्गुन ११, २०७६ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?