१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘चिकित्सा पर्यटन विकास गर्न सहकार्य आवश्यक’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा चिकित्सा पर्यटनको सम्भावना रहेको विज्ञहरूले बताएका छन् । उनीहरूले चिकित्सा पर्यटन विकासका लागि स्वास्थ्य क्षेत्रको स्तरोन्नति, प्राविधिक सहकार्य, प्रशिक्षण तथा फेलोसिप कार्यक्रमको आवश्यकता पनि औंल्याएका छन् ।

जोर्नी प्रतिस्थापन शल्यक्रियाका विषयमा भारत अहमदावादको शाल्बी अस्पतालको अनुभव सुनाउन काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेपाल मेडिकल टुरिज्म अर्गनाइजेसनका अध्यक्ष तथा एक्स्प्लोर हेल्थकेयर प्रालिका प्रबन्धक निर्देशक कृष्ण पाण्डेले चिकित्सा पर्यटनको विकासका लागि अन्तर्राष्ट्रिय अस्पतालहरूसँग सहकार्य र लगानीको खाँचो रहेको बताए ।


शाल्बीका वरिष्ठ शल्य चिकित्सक डा. कल्पेश शाहले नेपालका अस्पतालसँग सहकार्य, समन्वय गरी अति विशिष्ट सेवा विस्तार गर्न आफूहरू उत्सुक रहेको जानकारी गराए ।शाल्बीका निर्देशक डा. भरत गज्जरले पनि नेपालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निःशुल्क तालिम, अस्पतालको क्षमता वृद्धिका लागि प्राविधिक लगानीका लागि आफूहरू इच्छुक रहेको बताए ।

प्रकाशित : फाल्गुन १०, २०७६ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?