१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बिना मास्क भारत पस्‍न रोक

कान्तिपुर संवाददाता

कञ्चनपुर — नोवल कोरोना भाइरसको संक्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रको आवागमनमा कडाइ गरेको छ । भारतीय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले सीमा क्षेत्रमा संयुक्त स्वास्थ्य जाँच सुरु गरेको हो ।एसएसबीले पश्चिमी नाका गड्डाचौकीबाट मास्कबिना भारत पस्‍न रोक लगाएको छ ।

बिना मास्क भारत पस्‍न रोक

‘मास्क नलगाई गएकालाई नाकाबाटै फर्काउन लागेको छ,’ महेन्द्रनगरका व्यवसायी नारायण साउदले भने, ‘नेपालबाट भारततर्फ जानेलाई कडाइ गरिएको हो ।’


ब्रह्मदेव, गड्डाचौकी र दोधारा चाँदनी क्षेत्रमा एसएसबीले स्वास्थ्य जाँचमा कडाइ गरेको हो । साउदका अनुसार सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीसँगै बसेका स्वास्थ्यकर्मीको टोलीले रुघाखोकी लागेका तथा शंकास्पद व्यक्तिको जाँच गर्नुका साथै परामर्श दिने गरेका छन् ।


सशस्त्र प्रहरीको बीओपीका इन्चार्ज प्रहरी निरीक्षक रामसिंह भण्डारीले भने भारत तथा नेपाल दुवैतर्फ आउजाउ गर्नेलाई कडाइ गरिएको बताए ।


गड्डाचौकीको नागरिक सहायता कक्षका कर्मचारी नायब सुब्बा दानसिंह बोहराका अनुसार शुक्रबारदेखि सीमामा थप कडाइ गरिएको हो । उनका अनुसार एसएसबीले मास्क अनिवार्य गरेपछि सीमावर्ती बजारमा यसको कालोबजारी पनि हुन थालेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?