कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाले वामदेवलाई राष्ट्रियसभामा लैजाने !

बबिता शर्मा

काठमाडौँ — नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे सचिवालयमा छलफल भएको छ । स्रोतका अनुसार शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको हो । यद्यपि निर्णय भने अर्को बैठकले गर्ने भएको छ ।

नेकपाले वामदेवलाई राष्ट्रियसभामा लैजाने !

गौतमले यसअघि संविधान संशोधन गरेर राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुन मिल्ने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए ।

यस्तै, नेतृत्वलाई जथाभावी बोलेको भन्दै नेकपा प्रदेश–२ अध्यक्ष प्रभु साहलाई स्पष्टिकरण सोध्ने निर्णय पनि बैठकले गरेको स्राेतले बतायाे ।

सम्बन्धित समाचार :

प्रधानमन्त्री बन्न नपाउने भन्दै बामदेवले गरे राष्ट्रियसभा उम्मेदवार बन्न अस्वीकार

प्रकाशित : फाल्गुन १०, २०७६ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?