कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बूढीगण्डकीको मुआब्जा चित्तबुझ्दो भएन : उपाध्यक्ष कडेल

हरिहरसिंह राठौर

धादिङ — राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कडेलले वुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा छिमेकी जिल्लासँग एकरुपता नभएकोमा धादिङ जिल्लावासीले चित्त दुखाएको बताएका छन् । 

बूढीगण्डकीको मुआब्जा चित्तबुझ्दो भएन : उपाध्यक्ष कडेल

उद्योग वाणिज्य संघ धादिङद्वारा आयोजित सातौं उद्योग, कृषि तथा पर्यटन महोत्सवमा शनिबार कडेलले यही आर्थिक वर्षमा मुआब्जा विवाद समाधान हुने बताए ।

उपाध्यक्ष कडेलले संघको राजधानी रहेको वाग्मती प्रदेशमा पर्ने धादिङका नागरिकको प्रतिव्यक्ति आय ६ सय ३० डलर मात्रै हुनु उपयुक्त नभएको बताए । जिल्लाको आर्थिक समृद्धिका लागि उत्पादन र सडक निर्माणमै जोडदिनुपर्ने उनको भनाइ छ ।

कृषि मेलामा जिल्लाका २ सय ५४ जना किसानहरुले भाग लिएर नगदेवाली, तरकारीवाली, फलफूल खेती, अन्नवाली, माछापालन लगायतका ४३ जना किसानहरु पुरस्कृत भएका थिए ।

प्रकाशित : फाल्गुन १०, २०७६ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?