कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बाँस्कोटामाथि छानबिन हुन्छ : प्रमुख सचेतक गुरुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसन बार्गेनिङको अडियो सरकारले छानबिन गर्ने बताएका छन् ।

बाँस्कोटामाथि छानबिन हुन्छ : प्रमुख सचेतक गुरुङ

शनिवार काठाडौंमा आयोजित कार्यक्रममा गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी विषय जिटुजी सम्झौताबाट मात्र गर्ने भनिएपनि बिना ग्लोबल टेण्डर कुनै कम्पनीसँग सम्झौता गरेर जाने खालको देखिनु र यही बिचमा मन्त्रीको अडियो बाहिरिनुले प्रश्न उठेको बताए ।


उनले यो विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको र त्यसको प्रतिवेदन अनुसार हुने बताए । मन्त्रीले भ्रस्टाचार गरे नगरेको कानुनी छानविन गर्न सरकार दृढ भएकाले अख्तियारले छानविन गर्ने गुरुङले बताए ।


नेकपा स्थायी समिति सदस्यसमेत रहेका गुरुङले पार्टीको केन्द्रीय समितिले गठन गरेको कार्यदलले एमसीसीका विषयमा सर्तहरु परिमार्जन गरेर मात्र जाने सुझाव दिएको बताए । त्यो विषयमा पार्टीले छिट्टै निर्णय गर्ने उनको भनाइ छ । सरकारले एमसीसीलाई निरन्तरता दिने प्रतिक्रिया प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपनि पार्टीको निर्णय नै अन्तिम गुरुङले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७६ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?