२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जो सुकै हुन्, भ्रष्टाचारीले उन्मुक्ति पाउँदैनन् : दाहाल

नारायण शर्मा

नवलपरासी — नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारीले उन्मुक्ति नपाउने बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसमा कमिसनको बार्गेनिङ गरेका तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाप्रति लक्षित गर्दै उनले घटनाको अनुसधन सुरु भइसकेको र दोषी पुष्टि भए सरकारले कुनै हालतमा छुट नदिने जनाए । 

जो सुकै हुन्, भ्रष्टाचारीले उन्मुक्ति पाउँदैनन् : दाहाल

'कोही माथि अदालतमा मुद्दा छ, कसैलाई अख्तियारले छानविन गर्दै छ, उनले भने, 'सरकार कुनै हालतमा पनि अनुसन्धान अघि बढाउन र कारबाहीको दायरामा ल्याउन कत्ति पनि पछि पर्दैन ।'


शनिबार पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा नयाँ भवनको उद्धघाटनपछि बोल्दै दाहालले त्यसो भनेका हुन् । उनले बाँस्कोटा घटनामा सरकारी अंगले अनुसन्धान अघि बढाइसकेको र केही समय धैर्य गरेर हेर्न आग्रह गरे ।


उनले प्राकृतिक जीवन पद्दतीसँग साइनो नजोडेसम्म कोही पनि सुरक्षित नहुने स्मरण गर्दै चिकित्सालयमा तत्काल दरबन्दी थप्न र यस्लाई मेडिकल कलेजका रुपमा विकास गर्न आफूले सरकारी संयन्त्र परिचालन गरेर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।


वर्तमान सरकारसँग जनताको धेरै अपेक्षा रहेको आफू जानकार रहेको चर्चा गर्दै उनले जनताले अनुभूति पाउने गरी सरकारका काम कारबाही अघि बढाउने पनि सुनाए । दाहाल शनिबार नै पार्टी केन्द्रीय पदाधिकारीको बैठकमा उपस्थित हुन भन्दै काठमाडौं फर्किए ।

प्रकाशित : फाल्गुन १०, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?