१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बाँस्कोटा प्रकरणमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कोइराला 

रूपा गहतराज

नेपालगन्ज — कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताएका छन् ।

बाँस्कोटा प्रकरणमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कोइराला 

प्रेस युनियनले शनिबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा कोइरालाले सुशासनका कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले आफैले बनाएका मन्त्रीको कमिसन बार्गेनिङको अडियो सार्वजनिक भएपछि नैतिकता देखाउनु पर्ने बताए ।

उनले नियन्त्रित प्रजातन्त्र र नियन्त्रित लोकतन्त्रमा देश अघि बढिरहेको आरोप लगाए । सरकारमा सुशासन पटक्कै नभएको र भ्रष्टचारको कुरा गरी साध्य नभएको कोइरालाको भनाइ छ ।

सरकार राम्रोसँग चलोस भन्ने कामना गर्दा पनि सरकार सर्वसत्तावाद हुँदै अधिनायकवादतिर गइरहेको कोइरालाले आरोप लगाए । ‘अनुसन्धानको नाममा सरकारले हस्तक्षेप गरिरहेको छ,’ उनले भने, ‘हरेक घटनाक्रममा अख्तियार र सरकारको मिलोमतो देखियो । यी दुवै सवाल कांग्रेसलाई मान्य छैन ।’

प्रकाशित : फाल्गुन १०, २०७६ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?