एमसीसी परिमार्जनसहित पारित हुन्छ : दाहाल 

नारायण शर्मा

नवलपरासी — नेकपा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परिमार्जनसहित पारित हुने बताएका छन् ।शनिबार नवलपरासीमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय हितमा हुने गरी परिमार्जन गरेर एमसीसी पारित गरिने उनले बताए । 

एमसीसी परिमार्जनसहित पारित हुन्छ : दाहाल 

एमसीसीबाट तर्सिन पर्ने वा ठाडै अस्वीकार गर्नपर्ने अवस्था नरहेको दाहालले बताए । ‘दीर्घकालीन रुपमा नेपाललाई हानी नहुने गरी एमसीसी पारित गर्न नेकपाले अध्ययन कार्यदल बनाएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलको सुझाव अनुसार परिमार्जन गरेर एमसीसी पारित हुन्छ,’ दाहालले भने ।

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालय भवन उद्घाटन गर्न आएका दाहालले एमसीसी नेपालमा आउने सहमति भएपछि सबै दल र नागरिक समाजका प्रतिनिधि उत्साहित भएको बताए ।

दीर्घकालीन राष्ट्रिय हितमा असर नदेखियोस भनेर पार्टीले अध्ययन कार्यदल बनाएको भन्दै उनले अव कार्यदलको सुझाव अनुसार सहमति जुटाउने प्रयास हुने बताए । एमसीसी लागू गर्दा पुरै नेपालको हितमा छ कि छैन भन्नेमा आफूहरु चनाखो रहेको दाहालको भनाइ छ ।

कार्यदलको प्रतिवेदन अर्का अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली अध्ययन गरेर चाँडो राष्ट्रहितमा हुनेगरी सहमति गर्ने प्रक्रिया अगाडि बढाइने बताए ।

फरक सन्दर्भमा दाहालले नेत्रविक्रम चन्द समूहले अर्काको सिको गरेर आन्दोलन गर्न नहुने बरु यसै संविधानलाई मानेर आफना एजेण्डा जनतामाझ लैजानु पर्ने बताए ।

प्रकाशित : फाल्गुन १०, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?