१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वाग्मती प्रदेशको सुरक्षा बैठक हेटौंडामा 

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशस्तरीय सुरक्षा बैठक हेटौंडा–२, चौकीटोलस्थित होटल एभोकाडोमा शनिबार विहानबाट सुरु भएको छ । सुरक्षा गोष्ठीमा वाग्मती प्रदेशअन्तर्गत् १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरुको सहभागिता छ । 

वाग्मती प्रदेशको सुरक्षा बैठक हेटौंडामा 

बैठकले वाग्मती प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गर्दै आगामी योजना तयार गर्ने पार्ने कार्यक्रम छ । इतबारसम्म चल्ने बैठकमा पहिलो दिन चारवटै सुरक्षा निकाय र संघीय सरकारअन्तर्गत् गृह मन्त्रालयका महाशाखा प्रमुखहरुले सुरक्षाको वर्तमान अवस्था र चालिएका कदमहरुबारे प्रतिवेदन पेश गर्नेछन् ।


संघीय राजधानी रहेको यस प्रदेशको शान्ति सुरक्षालाई मजबुत बनाउन चाल्नुपर्ने कदमबारे छलफल हुने बताइएको छ । चीन र भारतसँग सीमा जोडिएको प्रदेश सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिन्छ । भेलामा नेत्रविक्रम चन्द ‘विप्लब’को वाग्मती प्रदेशमा रहेको प्रभावको समेत मूल्यांकन गरिने बुझिएको छ । भेलालाई सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आइतबार हेटौंडा आउने कार्यक्रम छ ।




भेला गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार प्रा डा इन्द्रजित राई, वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालको समेत सहभागिता छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?