कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोलखा भीमसेनलाई ‘पसिना’: राष्ट्रपतिद्वारा ‘महाप्रसाद’ग्रहण

राजेन्द्र मानन्धर

दोलखा — दोलखा भीमसेनको शीलामा ‘पसिना’आएपछि परम्पराअनुसार ल्याइएको महाप्रसादलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रहण गरेकी छिन् । भीमेश्‍वर मन्दिरका गुठियारहरुले शीलामा आएको पसिना पुछेको कपास र पूजा सामग्री राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ पुर्‍याएका थिए ।

दोलखा भीमसेनलाई ‘पसिना’: राष्ट्रपतिद्वारा ‘महाप्रसाद’ग्रहण

भीमेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिराजमान श्रेष्ठसहितको टोलीले दिएको प्रसादलाई राष्ट्रपति भण्डारीले ग्रहण गरेकी हुन् ।


किस्तीमा बिछ्याइएको रातो रुमालमाथि चाँदीको भाँडोभित्र राखिएको कपास, करुवामा राखिएको जल, विभिन्न रंगका टीका र फूल राखेर गुठियार शैलेन्द्र जोशी र सुरेश श्रेष्ठले राष्ट्रपतिलाई दिएका थिए । राष्ट्रपति भण्डारीले कपास हातमा लिँदै टीका लगाएपछि भनिन्,‘२०७४ सालमा ल्याइएको कपासका टुक्रा अझै सुरक्षित छ ।’

दोलखा भीमसेनलाई ‘पसिना’, मन्दिर परिसरमा दर्शनार्थीको भीड

विक्रम संवत् १९९० सालयता पसिना आएपछि लगातार राष्ट्रप्रमुखहरुलाई यसरी नै महाप्रसाद ल्याउने परम्परा छ ।राष्ट्रपति भण्डारीले दोलखा बजारको ऐतिहासिक, साँस्कृतिक पक्ष र परम्परागत मूल्यमान्यतालाई जोगाइराख्ने सकिने उपायहरुबारे जिज्ञासा राखेकी थिइन् ।


भीमेश्वर पूजा व्यवस्थापन समितिको निर्णयअनुसार महाप्रसाद लिएर आउने समूहका शान्तकृष्ण श्रेष्ठ, ज्ञानेन्द्र प्रधान र राजेन्द्रनारायण श्रेष्ठले भीमेश्वरमा पसिना आउने प्रसंगबारे राष्ट्रपतिलाई प्रस्ट पारेका थिए ।


राष्ट्रपतिले महाप्रसाद ग्रहण गरिसकेपछि क्षमापूजाका लागि भेटीस्वरुप खाममाहा लिएको रकम किस्तीमा राखेर फर्काएकी थिइन् । जोरबोका बलि दिएर क्षमापुजा गरेपछि पुनः उक्त पुजाको महाप्रसाद राष्ट्रपतिकहाँ पुर्‍याउने चलन छ ।


बिहीबार बिहान साढे ६ बजेदेखि दोलखा भीमसेनलाई पसिना आएको भन्दै दर्शनार्थीको भीड लागेको थियो ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?