महेन्द्रराजमार्ग खुल्यो [अपडेट]

नारायण शर्मा

नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीमा २ वटा ट्रक जुध्दा शुक्रबार साँझ साढे ७ बजेबाट अवरुद्ध पूर्वपश्चिम राजमार्गको यातायात सुचारु भएको छ । 

महेन्द्रराजमार्ग खुल्यो [अपडेट]


महेन्द्रराजमार्गको चौधरी उद्योगबाट ३ सय मिटर पश्चिममा दुईवटा ट्रक जुध्दा अवरुद्ध रहेको महेन्द्रराजमार्ग सवा नौ बजे खुलेको हो । राजमार्गमा जुधेको ट्रक हटाइएपछि यातायात दुइतर्फी खुलेको हो ।

गाडी जुधेर राजमार्ग अवरुद्ध भएपछि महेन्द्रराजमार्गको दुम्कौलीदेखि पूर्वपश्चिम ६ किलो मिटर टाढासम्म जाम भएको थियो ।

प्रकाशित : फाल्गुन ९, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?