कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित   

रासस

काठमाडौँ — प्रतिकूल मौसमका कारण शुक्रबार आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसममा भएको बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।   

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान अवरुद्ध भएका उनले बताए । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौँ विमानस्थलमा भिजिविलिटी कम रहेको, बाक्लो तुवाँलोका कारण पोखरा विमानस्थलमा बिहानैदेखि अवरोध भएको तथा विराटनगर विमानस्थलको सेवा पनि प्रभावकारी हुन नसकेको महाप्रवन्धक केसीले जानकारी दिए ।


मौसममा आएको खराबीले आन्तरिक तर्फका हिमाली, पहाडी र तराईका अधिकांश विमानस्थलमा उडान प्रभावित भएको केसीले बताए । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर सामान्य बदली लागेको छ भने पश्चिमका कतिपय स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रियमा २९ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

अहिले काठमाडौँ उपत्यकामा पनि छिटफुट वर्षा भइरहेको छ । काठमाडौंमा राति पनि सामान्य बदली रहने र पहाडी भेगका केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा र पूर्वी उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम ९ दशमलव ६ र अधिकतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?