२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बाँस्कोटा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : महत 

रासस

पर्सा — कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणको निष्पक्ष छानबिनको आवश्यकता रहेको बताएका छन्। शुक्रबार प्रेस युनियनले विरगञ्‍जमा गरेको कार्यक्रममा महतले सेक्युरिटी प्रेससम्बन्धी वार्ताबारे बाहिरिएको अडियोमा सुनिने ७० करोड कमिसनको निष्पक्ष छानबिन गरिनु पर्ने बताए ।

बाँस्कोटा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : महत 

उनले भने, 'सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीको राजीनामाले मात्रै पुग्दैन । ७० करोड कमिसन प्रकरणको स्वतन्त्र र निष्पक्षरूपमा छानबिन गर्नुपर्छ ।'

नेताको व्यक्तिवादी सोचलाई आम कार्यकर्ताले नकारेपछि कांग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको महतले बताए । उनले व्यक्तिगत स्वतन्त्रताको परिधिलाई पार गर्दै बेलाबखत पार्टीभित्र देखिने नेताको व्यक्तिवादी चरित्रलाई आम कार्यकर्ताले नामन्जुर गरेपछि नेताहरु विस्तारै सच्चिँदै गएको उल्लेख गरे ।

भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्तामाथि बल प्रयोग गरेपछि भ्रष्टाचारलाई ढाकछोप गर्न सरकार उद्यत रहेको पुष्टि भएको महतको भनाइ थियो ।

मुलुकमा बढदै गएको महँगी, अनियमिता, भ्रष्टाचारविरुद्ध आम जनतालाई जानकारी दिन चाँडै कांग्रेस सडकमा उत्रिने महतले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?