१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

काठमान्डु पोस्टको सम्पादकमा सतगैंया

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्रकार संजिव सतगैंया ‘दी काठमान्डु पोस्ट’ को सम्पादकमा नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले बिहीबार सतगैंयालाई पोस्टको सम्पादकमा नियुक्त गरिएको घोषणा गरेका हुन् ।

काठमान्डु पोस्टको सम्पादकमा सतगैंया

प्रधानसम्पादक अनुप काफ्लेले पदबाट राजीनामा दिएपछि ४५ वर्षीय सतगैंया सम्पादकमा नियुक्त भएका हुन् । सन् २००२ मा हिमालयन टाइम्सबाट पत्रकारिता थालेका सतगैंया यसअघि पोस्टकै समाचार प्रमुख थिए ।


उनले डेस्क सम्पादक र संवाददाताका रूपमा राजनीतिक, सामाजिक मामिला, मानव अधिकार र मनोरञ्जनसम्बन्धी विषयमा समाचार संकलन र सम्पादन गर्थे । ‘कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापनले प्रधानसम्पादक काफ्लेको राजीनामा स्वीकृत गर्दै सतगैंयालाई पत्रिकाको सम्पादकमा नियुक्त गरेको छ,’ सिरोहियाले भने, ‘आगामी दिनमा नयाँ नेतृत्वअन्तर्गत रहेर पत्रिकाले असल पत्रकारिताको अभ्यास निरन्तर जारी राख्ने मेरो विश्वास छ ।’

प्रकाशित : फाल्गुन ९, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?