बाँस्कोटाको ‘अडियो सार्वजनिक प्रकरण’मा अर्थमन्‍त्रीले भने-  'छानबिन होला नि !' 

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्‍त्री युवराज खतिवडाले सञ्‍चारमन्त्रीको अडियो प्रकरणबारे छानबिन हुने बताएका छन् । संसद्‍ भवन नयाँ बानेश्‍वर परिसरमा सञ्‍चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया जनाउँदै उनले यो सबैको चासोको विषय भएकोले छानबिन हुने संकेत दिएका हुन् । 'बाहिर आएका कुरा कति सत्य हुन्, कति असत्य हुन् छानबिन होला नि !' 

बाँस्कोटाको ‘अडियो सार्वजनिक प्रकरण’मा अर्थमन्‍त्रीले भने-  'छानबिन होला नि !' 

सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा जोडिएको विषय छानबिन हुन्छ त ? भन्‍ने सञ्‍चारकर्मीको जिज्ञासामा अर्थमन्त्री खतिवडाले भने, 'लेखा समितिलाई पनि आरोपित गरिएको छ । अहिलै प्रारम्भिक तहमा केही कुरा बाहिर आयो भन्दैमा कुनै धारणा बनाइहाल्नु उचित हुँदैन । यो सार्वजनिक चासोको विषय भइसकेको छ ।'


स्थानीय एजेन्ट विजयप्रकाश शर्मा मिश्रसँग मोलमोलाइ गरेको अडियो बुधबार सार्वजनिक भएको थियो । विभिन्‍न डिजिटल प्ल्याटफर्ममा घूसको अडियो र त्यसक्रममा गरिएको संवादको विवरण सार्वजनिक भएको छ। सञ्‍चारमन्‍त्री बाँस्कोटाको उपस्थिति सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियासम्ब‍न्धमा छलफल गरिने कार्यसूची थियो ।


मन्‍त्री बाँस्कोटा समिति बैठकमा सहभागी नभइ सुदूरपश्च‍िम प्रदेश पुगेका थिए । पछि लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया तत्काल अघि नबढाउन निर्देशन दिएको छ ।


प्रकाशित : फाल्गुन ८, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?