१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लाइसेन्स परीक्षामा ५९ प्रतिशत आयुर्वेदका डाक्टर पास

अतुल मिश्र

काठमाडौँ — नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलद्वारा लिएको लाइसेन्स परिक्षामा ५९ प्रतिशत डाक्टर पास भएका छन् ।
उक्त परीक्षामा चिकित्सा शास्त्रमा स्नातक(व्याचलर इन आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी/बीएएमएस) गरेका ३९ जना चिकित्सक सहभागी भएकोमा २३ जना पास गरेका हुन । फागुन ३ गते लिइएको लाइसेन्स परीक्षाको परिणाम बुधबार सार्वजनिक गरिएको हो ।

वर्षेनी दुई पटक लाइसेन्स परीक्षा लिने गरिएको छ । काउन्सिलका अध्यक्ष प्रा.डा.धनिकलाल भर्खेलको अनुसार यस अघि भदौ महिनामा पहिलो पटक लाइसेन्स परीक्षा सञ्चालन भएको थियो ।


हाल मुलुकका कलेजहरुबाट वर्षेनी १८० जना आयुर्वेदका चिकित्सक उत्पादन हुने अवस्था छ । काउन्सिलमा ७२९ जना आयुर्वेदका डाक्टर दर्ता गरिएका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७६ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?