कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा ५ सय ट्राफिक प्रहरी खटिने

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वमा ट्राफिक व्यवस्थापनको लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ५ सय ट्राफिक प्रहरी खटाउने भएको छ ।

महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा ५ सय ट्राफिक प्रहरी खटिने

महाशाखाले मन्दिर आउने भक्तजन एवं दर्शनार्थीको सवारी आवागमनलाई सरल,सहज तथा व्यवस्थित बनाउन योजनाबद्ध व्यवस्थापनको तयारी गरेको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।


एयरपोर्ट हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पांग्रे र साना सवारी साधनको लागी तिलगंगा र वाईसीएल मार्ग, नक्साल कालोपुल हुँदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारीसाधनलाई देव उद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त गौशाला र वागमती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको उनले बताए ।


दर्शानार्थीको अत्याधिक चापका कारण गौशाला चोक हुँदै चल्ने यातायात सेवा प्रभावित भएमा यात्रुको सुविधालाई मध्येनजर गर्दै गौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई वैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरेर आवागमनको व्यवस्था मिलाइने महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए ।


तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भइ चल्ने मालबाहक सवारी साधनलाई भने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँ बानेश्वरलगायतका स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने उनले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?