३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘निर्वाचन कम खर्चिलो बनाऊ’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई कम खर्चिलो बनाउने गरी क्रियाकलाप तय गरिनुपर्नेमा जोड दिएका छन् । निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा उनले उम्मेदवारले खर्च गर्नु नपर्ने पारदर्शी निर्वाचनको वातावरण बनाउन आयोगलाई सुझाव दिए ।

‘निर्वाचन कम खर्चिलो बनाऊ’

प्रधानमन्त्री ओलीले निर्वाचनमा खर्च पारदर्शी हुने र मतदानमा जनताको बढी सहभागिता रहने विधिबारे छलफल चलाउन आयोगको ध्यानाकर्षण गराए ।


‘अबको चुनौती नै निर्वाचनलाई कसरी कम खर्चिलो बनाउने हो,’ उनले भने । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्सनीय रूपमा निर्वाचन गराउन सक्षम रहेको भन्दै प्रधानमन्त्री ओलीले आयोगको प्रशंसासमेत गरेका थिए ।

प्रकाशित : फाल्गुन ७, २०७६ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?