कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजनीतिक हस्तक्षेप असह्यः देउवा

कान्तिपुर संवाददाता

सुनसरी — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीमा राजनीतिक हस्तक्षेप असह्य हुने बताएका छन् ।

राजनीतिक हस्तक्षेप असह्यः देउवा

बुधबार धरान उपमहानगरपालिकाद्वारा आयोजित ७० औं प्रजातन्त्र दिवसको अवसरमा उनले जनताले लडेर ल्याएको अधिकारहरु सुरक्षित गर्दै न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीलाई राजनीतिक हस्तक्षेप बिना स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्ने बताए ।

स्वतन्त्रतापूर्वक काम गर्न नदिएसम्म राजनीतिक आन्दोलन गरेर प्राप्त भएको अधिकारको अर्थ नहुने उनले बताए ।


देउवाले सर्वभौम शक्तिको स्रोत जनता नै भएकाले ००७, ०४६ साल, ०६२/०६३ मा जनताले लडेर ल्याएको अधिकारहरुलाई कुनै पनि बहानामा हटाउन नसकिने बताए । उनले जनताले लडेर स्थापित गरेको प्रजातन्त्रमा बोल्न, लेख्‍न, आलोचना गर्न पाउने अधिकार सुरक्षित हुनुपर्ने बताए । एक अर्को प्रसंगमा उनले धरान पूर्वकै सुन्दर र धार्मिक पर्यटकीयस्थल भएकाले पर्यटकीय राजधानी बन्न सक्ने बताए ।


उपमहानगरपालिकाले आयोजना गरेपनि प्रभातफेरिलाई कांग्रेसले आयोजना गरेजस्तो बनाएकाले नेकपाका जनप्रतिनिधिहरु वडाध्यक्ष, उपप्रमुख, वडा सदस्यहरु अनुपस्थित थिए ।

प्रकाशित : फाल्गुन ७, २०७६ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?