२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न अदालतको अनुमति

विद्या राई

काठमाडौँ — छात्राहरुमाथि यौन दुव्यवहार आरोप लागेका ललितपुर चांगाथलीस्थित नारायण आधारभूत विद्यालयका शिक्षक नन्दप्रसाद निरौलालाई पक्राउ गर्न जिल्ला अदालत ललितपुरले अनुमति दिएको छ ।

बुधबार दिउँसो विद्यालयकी प्रअ सविता सिलवालले सातदोबाटो प्रहरी वृत्तमा ‘घटनाको आवश्यक अनुसन्धान तथा दोषी उपर कारबाही गरीपाउँ’ भनि दिएको जाहेरी र प्रहरी प्रतिवेदनको आधारमा पक्राउ अनुमति पाएको डिएसपी मित्रबन्धु शर्माले बताए ।

‘आरोपित शिक्षक हाम्रै नियन्त्रणमा छन्, अनुसन्धानअघि बढाउन बाटो खुलेको छ,’ उनले भने । फागुन १ मा आरोपित नन्दप्रसादले तीन, चार र पाँच कक्षामा पढ्ने छात्राहरुलाई यौन दुर्व्यवहार गरेको हस्तलिखित उजुरी परेको थियो । उक्त उजुरीमा २६ छात्राका हस्ताक्षर गरेका छन् । यस घटनालाई विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिले ढाकछोप गर्न खोजेको पाएपछि मानवअधिकार आयोगले गम्भीर चासो लिएको आयोगकी सदस्य मोहना अन्सारीले बताइन् ।

आरोपित नन्दप्रसाद नारायण आधारभूतमा ५ कक्षासम्म सामाजिक विषयका शिक्षक हुन् । उनी यसअघि पनि यस्ता गतिविधिमा संलग्न थिए । पाटनको पाटन माध्यामिक विद्यालय र लाकुरीभञ्ज्याङ्गको कालीदेवी आधारभूत विद्यालयमा पढाउने क्रममा पनि महिलाहरुलाई यौन दुव्यवहार गरेको आरोप लागेको थियो । कारबाही स्वरुप नारायण आधारभूत विद्यालयमा सरुवा भएर आएको पनि एक वर्ष पुगेको छैन ।


याे पनि पढ्नुहाेस् :

यौन दुर्व्यवहार आरोपमा शिक्षकविरुद्ध उजुरी

उजुरी ढाकछोप गर्ने प्रयास भइरहेको आरोप


प्रकाशित : फाल्गुन ७, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?