कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीयः महासंघ

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राजदूतावासले ‘द काठमान्डू पोस्ट’ मा प्रकाशित सामग्रीलाई लिएर मंगलबार जारी गरेको विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीय भएको महास‌ंघको ठहर छ ।

कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीयः महासंघ

बुधबार विज्ञप्ति मार्फत् महासंघले समाचारप्रति गुनासो गर्ने निकाय हुँदाहुँदै कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम निन्दनीय रहेको बताएको हो ।


यस्तै,महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न समेत माग गरेको छ ।

बुधबार नै काठमाण्डू पोस्टमा छापिएको समाचारप्रति नेपालस्थित चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघ्दै विज्ञप्ति प्रकाशित गरेको भन्दै सम्पादकहरुले त्यसको भर्त्सना समेत गरेका छन्।


यो पनि पढ्नुहोस्ः

‘चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघ्यो’

प्रकाशित : फाल्गुन ७, २०७६ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?