राज्यका अंगहरुमा राजनीतिक हस्तक्षेप स्वीकार्य छैन : देउवा

प्रदीप मेन्याङबो

सुनसरी — कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीमा राजनीतिक हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

राज्यका अंगहरुमा राजनीतिक हस्तक्षेप स्वीकार्य छैन : देउवा

धरान उपमहानगरपालिकाले ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गरेको कार्यक्रममा देउवाले जनताले लडेर ल्याएका अधिकार सुरक्षित गर्न राज्यका अंगहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनु पर्ने बताए ।


उनले भने, ‘स्वतन्त्रता पुर्वक काम गर्न नदिएसम्म राजनीतिक आन्दोलन गरेर प्राप्त भएको अधिकारको अर्थ हुदैन ।’ देउवाले सर्वभौम शक्तिको स्रोत जनता भएकाले २००७, ०४६ साल, ०६२/६३ मा लडेर ल्याएका अधिकारहरु कसैले कुनै पनि बाहानामा हटाउन नसकेको बताए ।


प्रजातन्त्रमा बोल्न, लेख्न, आलोचना गर्न पाउने अधिकार सुरक्षित हुनुपर्ने देउवाको भनाइ छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?