कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

एनएमसी अस्पतालमा शल्यक्रिया गरिएका ३ जनामा 'गम्भीर संक्रमण', एकको अवस्था चिन्ताजनक

संक्रमणको स्रोत पत्ता नलागेपछि सबैप्रकारका शल्यक्रिया आइतबारसम्मका लागि बन्द
स्वरूप आचार्य

काठमाडौँ — जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालको शल्यक्रियाकक्षमा शल्यक्रिया गरिएका बिरामीमा संक्रमण देखिन थालेपछि त्यसको स्रोत यकिन गरेर निर्मुल पार्नका लागि आइतबारसम्म त्यहाँको शल्यक्रियाकक्षलाई बन्द गरिएको छ ।

एनएमसी अस्पतालमा शल्यक्रिया गरिएका ३ जनामा 'गम्भीर संक्रमण', एकको अवस्था चिन्ताजनक

आइतबार र सोमबार प्रसुतीका लागि शल्यक्रिया गरिएकामध्ये तीनजनामा एकै प्रकारको संक्रमण देखिएकपछि सबै शल्यक्रियाकक्ष बन्द गरेर त्यसको अनुसन्धान सुरु गरिएको दाबी अस्पताल प्रशासनले गरेको छ ।


अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठका अनुसार संक्रमण के कारणले गर्दा भएको हो भन्ने हालसम्म यकिन हुन सकेको छैन । 'शल्यक्रिया गर्दा संक्रमण भएको हो । आइतबार र सोमबार शल्यक्रिया गरिएका मध्ये तीनजना बिरामीमा एकै प्रकारको संक्रमण देखिएको छ,' उनले भने, 'हामीले के कारणले गर्दा संक्रमण भयो भनेर खोजी गर्दै छौं । संक्रमणको स्रोत यकिन भएको छैन । औषधिदेखि अन्य सामाग्रीको पनि कल्चर गर्न पठाएका छौं । त्यसको रिपोर्ट आएको छैन ।'


डा. श्रेष्ठका अनुसार संक्रमण भएका तीनजना मध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था खतरा मुक्त रहेको छ ।


'शल्यक्रिया गर्दा प्रयोग गरिएका औषाधि लगायत सलाइन पानी आदीका कारण संक्रमण भएको आशंका हामीलाई छ,' उनले भने, 'बिरामीको हितका लागि हामीले आउँदो आइतबारसम्मका लागि सबै प्रकारका शल्यक्रिया बन्द गर्ने निर्णय गरेका छौं ।'


उनको अनुसार शल्यक्रिया लगत्तै देखिएको संक्रमण पछि बिरामीमा पिसाब नहुने लगायतका विविध प्रकारका समस्याहरु देखिएका थिए । तीनजना बिरामी मध्ये एकजनालाई थप उपचारका लागि अर्को अस्पतालमा रिफर गरिएको छ भने दुईजनाको एनएमसीमै उपचार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ७, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?