कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्न डा. केसीको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले अतिरिक्त शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्न माग गरेका छन् ।

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्न डा. केसीको माग

उनले बुधबार विज्ञप्ति जारी गर्दै विद्यार्थीसँग कुनै पनि बहानामा अवैध शुल्क लिन खोज्ने मेडिकल कलेजको सम्बन्धन खारेजी गरी कारबाही गर्न चिकित्सा शिक्षा आयोगको ध्यानार्कषण गराएका हुन् ।


चिकित्सा शिक्षा ऐनमा तोकेभन्दा बढी शिक्षण शुल्क लिने मेडिकल कलेजलाई सम्बन्धन खारेजीको कारबाही गर्न सकिने प्रावधान छ । ‘सरकारले अवैध रुपमा असुलिएको रकम फिर्ता गराउने वाचा पनि गरेका छ,तर फेरि पनि मुख्य राजनीतिक दलका नेताहरुको मेडिकल माफियासँगको साँठगाँठ र संरक्षणका कारण शुल्क फिर्ता गर्नु त कता/कता, नयाँ भर्ना हुन आएका विद्यार्थीहरूसँग करोडौं बढी असुल्ने प्रयास भइरहेको छ,’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्ट र आपराधिक राजनीतिक नेतृत्वका कारण विद्यार्थी अभिभावकहरुलाई ठग्‍ने र मेडिकल माफियालाई पोस्ने काम भइरहेको छ ।’


कलेजहरूले बढी शुल्क उठाइरहँदा कारबाही गर्न नसके आयोगका अध्यक्ष रहेका प्रधानमन्त्री र उपाध्यक्षको नैतिकता र कार्यक्षमतामाथि प्रश्‍न उठेको उनले जनाएका छन् । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका विराटनगरको नोबेल, विराट र नेपालगन्ज मेडिकल कलेजले नयाँ भर्ना भएका विद्यार्थीबाट अतिरिक्त शुल्क उठाइरहेका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?